scheduleबिहिवार भाद्र ५ गते, २०७६

चीन र जापानबीच तीव्र गतिका बुलेट ट्रेन बनाउने होड चल्दै, जापानको नयाँ बुलेट ट्रेन कस्तो छ ?

काठमाडौं, ११ जेठ । जापानले विगतदेखिनै यातायातको क्षेत्रमा नयाँ-नयाँ प्रविधि र मोडेल विकास गर्दै आएको छ । यही क्रममा शुक्रबार मात्रै प्रतिघण्टा करिब ४ सय किलोमिटर कुद्ने नयाँ बुलेट ट्रेनको परीक्षण गरिएको छ । नयाँ मोडेलको बुलेट ट्रेन चीनको बुलेट ट्रेनभन्दा छिटो कुद्ने समाचारमा बताइको छ ।
शिनकानसेनले विकास गरेको एएलएफए-एक्स भर्सनको नयाँ ट्रेनलाई ३ वर्षसम्म परीक्षण स्वरुप सञ्चालन गरिने छ । नयाँ मोडेलको बुलेट ट्रेनलाई सन् २०३० सम्ममा पूर्ण सञ्चालनमा ल्याइने समाचार माध्यममा बताइएको छ । सञ्चालनमा आएपछि उक्त ट्रेन संसारमा नै सबैभन्दा छिटो कुद्ने बुलेट ट्रेन हुने छ । यसको गति प्रतिघण्टा औसत ३६० किलोमिटर रहेको छ ।
जापानमा विकास गरिएको एएलएफए-एक्स भर्नस चीनको फुक्सिङ ट्रेनभन्दा छिटो कुद्न सक्छ । फुक्सिङ र एएलएफए-एक्सलाई लगभग एउटै प्रविधि र डिजाइन प्रयोग गरेर बनाइएको हो । तर एएलएफए-एक्सको गति फुक्सिङको भन्दा प्रतिघण्टा १० किलोमिटरले बढी छ ।
जापानले बनाएको बुलेट ट्रेन यस्तो छ
जापानको नयाँ ट्रेनमा १० वटा डिब्बा रहेका छन् भने यसको अग्रभाग चुच्चो छ । यो ट्रेन सेन्डाइ र आओमोरी शहरबीच चल्ने छ । शुक्रबारदेखि यी दुई सहरलाई जोड्ने रेलमार्गमा नयाँ भर्सनको परीक्षण सुरु गरिएको हो । रातमा उक्त रेलमार्ग शान्त हुने भएकाले सोही समयमा नै परीक्षण गरिने छ । एएलएफए-एक्सलाई हप्ताको २ पटक परीक्षण स्वरुप गुडाइने छ ।
एक वर्षअघि  शिनकानसेनको एन७००एस नामक द्रूतगतिको ट्रेनलाई परीक्षण गरिएको थियो र यो ट्रेन सन् २०२० सम्ममा  पूर्ण सञ्चालनमा आउने छ । प्रतिघण्टा ३०० किलोमिटर कुद्ने एन७००एस भन्दा शुक्रबार परीक्षणमा आएको बुट‍ेल ट्रेनको गति धैरै छ ।
सन् २०२० मा टोकियोमा आयोजना हुन लागेको ग्रीष्मकालीन ओलम्पिकलाई केन्द्रमा राखेर नयाँ मोडेलका ट्रेन विकास गरिएको हो । तर हालैका नयाँ मोडेलको गति ४ वर्ष पहिला परीक्षण गरिएको म्याग्नेटिक लेभिटेशन वा म्यागलेभ मोडेलको भन्दा कम रहेको छ । सन् २०१५ मा परीक्षण गरिएको म्यागलेभको गति प्रतिघण्टा ६०३ किलोमिटर रहेको थियो ।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage