scheduleबिहिवार भाद्र ५ गते, २०७६

भारतीय कांग्रेसद्वारा राहुल गान्धीको राजीनामा अस्वीकृत

काठमाडौं, ११ जेठ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पेश गरेको राजीनामा उक्त पार्टीले अस्विकृत गरेको छ ।

हालै सम्पन्न लोकसभा चुनावमा पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न शनिबार बसेको भारतीय कांग्रेसको कार्यसमिति बैठकमा राहुल गान्धीले राजीनामा पेश गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार उनले कांग्रेस नेतृ सोनिया गान्धीसमक्ष राजीनामा पेस गरेका छन् ।

तर पार्टीका नेताहरुले उनको राजानीमा स्वीकृत गरेका छैनन् । गान्धीलाई पार्टीका वरिष्ठ नेताहरुले राजीनामा नदिन आग्रह गरेका छन् ।

शनिबार दिल्लीमा रहेको मुख्यालयमा आयोजित कांग्रेसको वर्किङ कमिटी बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कमल नाथ उपस्थित नभएको बताइएको छ । मध्य प्रदेशमा कांग्रेस आईले नराम्रो पराजय भोगेको छ । पार्टीले यहाँ २९ मध्ये २८ मा हार व्यहोरेको हो । पार्टीका वरिष्ठ नेता तथा मुख्यमन्त्री दिग्विजय सिंह तथा ज्योतिरादित्य सिंधियाजस्त हस्तीले समेत हार व्यहोर्नु परेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीएकी अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, महासचिव प्रियंका गान्धीसहितका वरिष्ठ नेताहरुको उपस्थिति रहेको बैठकमा हारको समीक्षा र भावी रणनीति तय गरिने नेताहरुले बताएका छन् ।

लोकसभा चुनावमा कांग्रेसले मुख्य विपक्ष दल बन्नका लागि चाहिले ५४ सिट समेत जित्न सकेको थिएन। उक्त पार्टीले जम्मा ५२ सिटमा सीमित हुन पुगेको थियो ।कांग्रेसका अन्य सहयोगी दल डीएमके तथा एनसीपीलगायतका दलले ४० सिट मात्रै जितेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage