scheduleशनिवार श्रावण ३२ गते, २०७६

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यू


जनकपुरधाम, ११ जेठ । जनकपुरधाम–ढल्केवर सडकखण्डमा शनिबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मिथिला नगरपालिका-७ का ३२ वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो ।

धनुषाको ढल्केवरबाट जनकपुरतर्फ आइरहेको ज.१ त.३५३० नम्बरको उक्त ट्रयाक्टरले विपरीत दिशातर्फ गइरहेको ज१२प ५०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उनको उपचार क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जिरोमाइल जनकपुरधाम जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage