scheduleआइतवार आषाढ़ १ गते, २०७६

संस्कृति राष्ट्रिय पुरस्कार डा. गुरुङलाई प्रदान गरिने

काठमाडौं, ११ जेठ । संस्कृतिविद् डा. जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । बागलुङस्थित राधाकृष्ण मन्दिर सेवा समितिका संस्थापक अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापित कोषबाट गुरुङलाई पुरस्कृत गर्न लागिएको हो ।

गुरुङले नेपाली कला र संस्कृतिमा विशेष योगदान गरेको भन्दै उनलाई डम्बर संस्कृित राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको हो । बागलुङस्थित राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्षको रमेशकुमार राजभण्डारीको अध्यक्षतामा रहेको एक छनोट समितिले गुरुङको नाम सिफारिस गरेको हो । समितिमा हरिप्रसाद उपाध्याय, देवबहादुर श्रेष्ठ र प्रेम छोटा रहेका छन् ।

कास्कीको याङ्जाकोटमा विसं २००३ मा जन्मिएका गुरुङले भारतको कोलकताबाट ज्योतिष अध्ययन गरिसकेपछि गण्डकी प्रदेशको गुरुङमा प्रचलित चिनियाँ, तिब्बती ज्योतिष शास्त्र विषयमा विद्यावारिधि गरेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob