scheduleमगलवार आषाढ़ ३ गते, २०७६

इरानमाथिको अमेरिकी दबाब गलत: इमरान खान

एजेन्सी, ११ जेठ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाले इरानमाथि दबाब दिनु गलत भएको बताएका छन् । इरानी विदेशमन्त्रीसँगको कुराकानीमा उनले यस्तो बताएको समचारमा उल्लेख गरिएको छ ।

पाकिस्तानको २ दिने भ्रमणमा रहेका इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफसँग भएको छलफलमा प्रधानमन्त्री खानले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ । ‘पाकिस्तानले हाम्रो अडानलाई बुझेको छ र इरानमाथिको अमेरिकी दबाब गलत भएको पाकिस्तानको बुझाइ छ’, जाभादले बताए ।

त्यस्तै अमेरिकाले मध्यपूर्वमा थप सेना परिचालन गरेर विश्व शान्तिलाई जोखिममा पारेको समेत जाभादको भनाइ थियो । ‘हाम्रो क्षेत्रमा बढ्दो अमेरिकी उपस्थिति निकै खतरनाक छ’, उनले भने, ‘यस्तो उपस्थितिले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई जोखिममा पार्छ ।’ अमेरिकी रवैयाबाट सिर्जित समस्यालाई समाधान गर्नुपर्ने जाभादको भनाइ थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob