scheduleबुधवार आषाढ़ ४ गते, २०७६

शाहरुख र आमिरले मैले जति हसाउँन सक्दैनन्: सलमान खान

काठमाडौं, ११ जेठ । बलिउड सुपरस्टार सलमान खानले हास्यकलामा आफू शाहरुख र आमिर खानभन्दा अब्बल रहेको बताएका छन् ।

यतिवेला आफ्नो नयाँ फिल्म ‘भारत’ को प्रोमोशनमा व्यस्त सलमान खानले हालै दिइएको एक अन्तर्वातामा ह्युमर वा हास्यकलामा आफू शाहरुख र आमिरभन्दा राम्रो भएको बताएका हुन् । दर्शकलाई हसाउँने काममा शाहरुख र आमिरले आफूलाई जित्न नसक्ने उनको भनाइ थियो ।

शाहरुख र आमिर खानमध्ये कोसँग राम्रो सेन्स अफ ह्युमर छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै सलमान खानले भने, ‘ हसाउने काममा आमिरभन्दा शाहरुख अब्बल छन् र आमिर पनि दिल खोलेर हसाउँन सक्छन् ।’ तर सलमान खानले ‘दुबैजनाभन्दा म नै उत्तम छु’ भनेर पुन: जवाफ दिएका थिए ।

सलमान खानको नयाँ फिल्म ‘भारत’मा उनीसँगै कट्रिना कैफले समेत अभिनय गरेकी छन् ।  अलि अब्बास जफरले निर्देशन गरेको उक्त फिल्ममा दिशा पटानी, सुनिल ग्रोबर, नोरा फतेही, तबु र जेकी श्रफको समेत भूमिका रहेको छ । यो फिल्म जुन ५ देखि  हलमा प्रदर्शन हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob