scheduleमगलवार आषाढ़ ३ गते, २०७६

‘बार्सिलोनालाई नयाँ प्रशिक्षकको आवश्यकता, भल्भरडेको ट्याक्टिसले काम गरेन’

काठमाडौँ, १२ जेठ । बार्सिलोनाले यस सिजन एउटा उपाधिमा चित्त बुझाउन बाध्य बन्यो ।

यस सिजन तिनवटै उपाधि जित्ने तयारी गरेको बार्सिलोनाले खेलाडी अनुबन्ध गर्न पैसाको खोलै बगाएको थियो ।

कोटिन्हो, डेम्बेले, भिडाल, माल्कोम जस्ता स्टार खेलाडीहरु अनुबन्ध गरेको बार्सिलोनाले सोचेजस्तो नतिजा भने हात पार्न सकेन ।

च्याम्पियन्स लिगमा लज्जास्पद हार भोगेको बार्सिलोनाको समस्या कोपा डेल रे को फाइनलमा पनि देखियो । कोपा डेल रेको उपाधि भ्यालेनसियाले जितेपछि बार्सिलोना थप समस्यामा परेको छ ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले प्रशिक्षक समेत फेर्ने मुडमा रहेको देखिएको छ ।

बार्सिलोना क्लब प्रमुख बार्तेमोउले प्रशिक्षक भल्भरडेको समर्थन गरे पनि उनी नयाँ प्रशिक्षकको खोजीमा रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob