scheduleमगलवार आषाढ़ ३ गते, २०७६

‘अरुको घर भत्काउन सकिन मैले’

काठमाडौँ, १२ जेठ । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहे जसले विवाहलाई खासै महत्व दिएनन् । पछिल्लो समय विवाहभन्दा पनि एकल जीवनलाई बढी महत्व दिने अभिनेत्रीको संख्या बढेको छ ।

बलिउडकी कुनै समयकी चर्चित अभिनेत्री हुन् आशा पारेख । उनी ७६ वर्षकी भइन्। उनले अविवाहित हुन् । लामो समय बलिउडमा काम गरेकी उनले विवाहका लागि तयारी देखाइनन् ।
फिल्म निर्माता नासिर हुसेनसँग उनको लभअफेयर थियो । उनीसँगै आफ्नो बाँकी जीवन आशा बिताउन चाहन्थिइन् । तर, नाशिर पहिला नै विवाहित थिए । त्यसकारण उनले नाशिरलाई प्रेम गरिन् तर विवाह भने गर्न सकिनन् ।

उनको आत्मकथा द हिट गर्लमा यसबारे उनले उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्,‘मैले जीवनमा एक मात्र पुरुषलाई प्रेम गरें उनी र उनी हुन् नासिर साब। अरूको घर भत्काएर म आफ्नो घर बनाउन चाहन्न थिएँ। यस कारण मैले नासिर साबसँग बिहे गरिन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob