scheduleआइतवार भाद्र १ गते, २०७६

नेपाली फिल्म जात्रैजात्राको कमाइ कति ?

काठमाडौँ, १२ जेठ । गत हप्ता शुक्रबारदेखि प्रर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखराका हलमा भ्रमण गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको चलचित्रका निर्देशक प्रदिप भट्टराई, निर्माता एवम कलाकार रविन्द्रसिङ बाँनिया, नायिका वर्षा राउत, बाल कलाकार अरबिन खड्का लगायतले दर्शक सगँ भेटघाट समेत गरे ।

उनीहरुले पोखराको श्रीकृष्ण हल, विन्दवासिनी हल, सिनेपेलेक्स र मिडटाउनमा दर्शकहरुसँग साक्षत्कार गरे । दर्शक र समिक्षकको नजरमा राम्रो बन्दै गईरहेको “जात्रैजात्रा” टोली यतिबेला देश टुरमा निस्केको हो ।

पोखरा र जात्रैजात्राको सम्बन्ध अटुट उल्लेख गर्दै चलचित्रको बिहीबार सम्मको देशभरबाट ग्रस कलेक्सन ४ करोड ५३ लाख रहेको रविन्द्रले जानकारी गराए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage