scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

भारतीय पक्षले पाइलट च्यानलमा पानी छोड्दा सिङ्गो गाउँ नै सम्पर्कबिहिन

सप्तरी, १२ जेठ ।  सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकाको सिङ्गो गाउँ २ दिनदेखि सम्पर्कबिहिन बनेको छ ।

भारतीय पक्षले पूर्व सूचना विनै कोशी नदिको धार फर्काउदा नगरपालिकाको गोबरगाढाका ९० घरधुरी सम्पर्कबिहिन बनेको नगरप्रमुख शैलेश कुमार साहले बताए । उनका अनुसार शुक्रबार भारतीय पक्षले पाइलट च्यानलमा पानी छोड्दा सिङ्गो गाउँ नै सम्पर्कबिहिन बनेका छन् ।

सप्तरीको सबैभन्दा दुर्गम क्षेत्रमध्येको एक गोबरगाढामा वर्षाको समय पानीले गर्दा डुबानमा पर्ने गरेको छ । सम्पर्कबिहिन त्यस क्षेत्रमा उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश र संघमा जानकारी गराएपनि अहिले सम्म कुनै पहल नभएको नगरप्रमुख साहको गुनासो छ ।

यस पटक मात्रै नभई निरन्तर त्यस क्षेत्रमा यो समस्या रहँदा पनि कसैले चाँसो नदिएको भन्दै उनले उद्दारका लागि आफूसँग रहेको एक मात्र डुङ्गा पनि पानीले बगाउँदा समस्या भएको बताए । उनले आफूले सक्ने प्रयास गरिरहेको भन्दै सम्पर्कबिहिन गाउँमा कसरी पुग्ने भन्ने विषयमा आजै छलफल गर्ने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob