scheduleबिहिवार भाद्र ५ गते, २०७६

ओमनमा २ नेपाली युवतीको रहस्यमय मृत्यु, सँगै बस्दै आएका बंगाली नागरिक पक्राउ

काठमाडौं, १२ जेठ । ओमनमा २ नेपाली युवतीको रहस्यमय मृत्यु भएको छ । ओमनको सललाहा शहरमा कार्यरत मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्की र बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको हो ।

मस्कटस्थित नेपाली दूतावासले हाल प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।  अप्सरालाई चक्कु लागेको अवस्थामा प्रहरीले फेला पारेको सूचना प्राप्त भएपछि घटनाको अबस्था बुझ्न श्रम सहचारीलाई पठाएको ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिएकी छन् ।

हाल मृतक दुबै जनाको शब अल सुल्तान कावुस अस्पतालमा राखिएको छ।

मस्कटबाट सललाह शहर करिब एक हजार किलोमिटर टाढा पर्छ। त्यस्तै प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ। २२ महिना अघि ओमन पुगेकी अस्सरा घरमालिक छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो। जेठ ३ गते उनको हत्या भएको थियो ।

सुनिता सार्कीलाई भने प्रहरीले  झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेको र घटनाबारे छानबिन भइरहेको दूतावासले जनाएको छ। सार्की पनि बंगालीसँग बस्दै आएकी थिइन्। सुनिता मस्कटबाट भागेर सललाह पुगेकी हुन्। उनी भिजिट भिसामा ओमन पुगेको र उनीसँगै बस्दै आएका बंगाली भने घटना हुनु एकसाता अघि नै बंगलादेश गएको खुलेको छ।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage