scheduleबुधवार श्रावण १ गते, २०७६

गोली चलाएर बैंक लुटिएको कर्मचारीको दावी


सुनसरी, १२ जेठ । जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका एक कर्मचारीले बैंक लुटिएको दावी गरेका छन् । लघुवित्तका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका हुन् ।

धरान-५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले दावी गरेका छन् । सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको देखाएको तर, गोली नै प्रहार भएकोबारे अहिले भन्न नसकिने बताए ।

प्रहरी उपरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ गैरहेको र घटनाको थप अनुसन्धान हुने बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob