scheduleमगलवार आषाढ़ ३ गते, २०७६

राजधानीको दुई ठाँउमा विस्फोट, तीन जनाको मृत्यु

काठमाडाैं, १२ जेठ । राजधानीको सुकेधारामा आइतबार सिलिण्डर बम पड्किँदा २ जनाको मृत्यु भएको छ । सुकेधारा चोकमा रहेको एक सैलुनमा   बिस्फोट हुँदा २ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी घाइते भएकाहरुको महाराजगञ्जस्थित शिक्षाण अस्पताल र चावहिलको ओम अस्पतालमा उपचार भइरहेको छ।

राजधानीकै घट्टेकुलोमा पनि  बिस्फोट भएको छ।  घट्टेकुलाका लोकमञ्जरी कार्कीको घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob