scheduleबुधवार आषाढ़ ४ गते, २०७६

विस्फोटमा ज्यान गुमाउने तीनैजनाको सनाखत


काठमाडौं, १२ जेठ । काठमाडौंका दुई ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा बुढानीलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीका अनुसार सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको छ ।

सोमबारको बन्दलाई लक्षित गर्दै विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको प्रहरीले जिकिर गरेको छ । घटनास्थलमा प्रतिबन्धित नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ ।

विस्फोटमा परी घाइते भएका रवीन केसी विप्लव निकट विद्यार्थी संगठनका नेता रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob