scheduleबुधवार आषाढ़ ११ गते, २०७६

बन्दले स्थगित भयो प्रदेश २ को प्रदेशसभा बैठक


जनकपुर, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, बन्दका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाको अर्काे बैठक अब मंगलबार दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेश २ का अधिकांस सांसद बैठकमा भाग लिन आफ्नो घरबाटै आउने गर्छन् ।

सप्तरीदेखि पर्सासम्मका सांसदहरु घरबाटै आउनुपर्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob