scheduleबुधवार आषाढ़ ४ गते, २०७६

विमानस्थल सञ्चालनको माग राख्दै स्थानीय संघर्षमा


कञ्चनपुर, १३ जेठ । झण्डै दुई दशकअघि बन्द भएको कञ्चनपुरको मझगाउ विमानस्थल संचालनको माग राख्दै स्थानीयहरुले संघर्ष समिति बनाएका छन् ।

वि.सं. २०५६ सालतिर असुरक्षाको कारण देखाउँदै बन्द भएको भिमदत्तन गरपालिका १६ मझगाउँमा रहेको विमानस्थल पुनः सञ्चालनको माग राख्दै संघर्ष समिति बनाइएको हो । पुर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा मझगाउ विमानस्थल संघर्ष समिति बनाइएको हो ।

समितिले विमानस्थल सुचारु नहुदा सम्मका लागि निरन्तर रुपमा संघर्षका कार्यक्रमहरु शान्तिपूर्ण रुपमा अगाडी बढाइने समितिका संयोजक रमेश चन्दले जानकारी दिएका छन् । शान्तिपुर्ण संघर्षका कार्यक्रअन्र्तगत आज जिल्लास्थित विभिन्न राजनितीक दलका प्रमुख, प्रतिनिधि, भातृसंगठन, विभिन्न पेशागत संघसस्थाका अध्यक्ष, प्रतिनिधिहरु तथा पत्रकारहरुसंग अन्र्तक्रिया तथा छलफल गरिएको छ ।

यस्तै मंगलबार जेठ १४ गते जिल्लाका सम्पूर्ण नगरप्रमुख, नगरउपप्रमुख तथा वडाअध्यक्षहरु, सरकारी कायृलयका प्रमुख तथा प्रतिनिधिहरुसँग बन्द विमानस्थल सुचारुका लागि अन्र्तक्रिया तथा छलफल गरिने समितिका संयोजक चन्दले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob