scheduleमगलवार कार्तिक २६ गते, २०७६

नयाँ शक्ति छाडेपनि राजनीति छाड्दिनँः करिष्मा

काठमाडौं, १३ जेठ । चार वर्षअघि वैकल्पिक राजनीतिको बाटोबाट राजनीतिमा जोडिएकी नायिका करिष्मा मानन्धरले नयाँ शक्ति पार्टी छाडेकी छिन् ।

उनी आवद्ध नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर समाजवादी पार्टी, नेपाल बनेपछि उनले यस्तो निर्णय गरेकी हुन् । गत एक वर्षदेखि नै राजनीतिमा सक्रिय नरहेकी उनी एसईई परीक्षालगायतका काममा व्यस्त थिइन् ।

दुई पार्टी एकीकरण भएर समाजवादी पार्टी बनेपछि आयोजित संयुक्त केन्द्रीय समितिको बैठकसम्म उपस्थित रहेको मानन्धरले समाजवादी पार्टीमा पदाधिकारीको अपेक्षा गरेकी थिइन् । यथोचित जिम्मेवारी नपाएसँगै असन्तुष्ट रहेकी मानन्धरलाई तत्कालीन नयाँ शक्ति प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको पहलमा डा. बाबुराम भट्टराईले भेटेका थिए ।

समाजवादी पार्टीको पदाधिकारीमा सम्बोधन गर्ने सम्भावना नरहेपछि उनी थप असन्तुष्ट बनेकी हुन् । उनले केही साताअगाडि नै पार्टीको केन्द्रीय समितिले प्रयोग गर्ने भाइबर ग्रुपमार्फत् पार्टी छाड्ने निर्णय सार्वजनिक गरेकी थिइन् ।

सोमबार दिनभर करिष्माले राजनीति छाडेको चर्चा चलेपछि साँझ उनले फेसबुकमा लेखेकी छिन्, ‘राजनीति रहरले गरिने होइन, यो हाम्रो जीवनको हरेक पक्षसँग जोडिएको छ । कोही प्रत्यक्ष आवद्ध हुन्छन् भने कोही अप्रत्यक्ष । यति मात्रै फरक हो ।’

उनी अगाडि थप्छिन्, ‘अनि मैले पार्टी छोड्ने निर्णय लिएको हुँ, राजनीति होइन ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage