scheduleसोमवार भाद्र २ गते, २०७६

सैनिक जवान हत्या प्रकरणका आरोपी साह पक्राउ

सांकेतिक तस्बिर

सिरहा, १३ जेठ । बिजुलीको खम्बामा बाँधेर कुटपिट गरी सैनिक जवानको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टि गाउँपालिकाको तेनुवापट्टिमा गत वैशाख २८ गते राति सैनिक जवान बरियारपट्टि–४ सोहपुरका २२ वर्षीय अनिसकुमार सिंहको स्थानीयवासीको कुटपिटबाट मृत्यु भएको थियो ।

गम्भीर घाइते सिंहले उपचारका क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेनुवापट्टिका ३८ वर्षीय मङ्गल साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भारतीय सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा साहलाई गएराति पक्राउ गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनीमाथि ‘अपरहण तथा कर्तव्य ज्यान’ मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

सङ्खुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला तेनुवापट्टिका स्थानीयवासीले चोरी गरेको आरोपमा बिजुली पोलमा बाँधेर कुटपिट गरेका थिए ।

घटनापछि गाउँका अधिकांश पुरुषले गाउँ छाडेका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage