scheduleसोमवार आश्विन ६ गते, २०७६

अत्यधिक गर्मीका कारण संस्थागत विद्यालय बन्द


दाङ, १४ जेठ । दाङमा अत्याधिक गर्मी बढेपछि संस्थागत विद्यालय बन्द गरिएको छ । गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र पठन पाठनमा समेत समस्या हुने थालेपछि यहाँका संस्थागत विद्यालयहरु जेठ १९ गते सम्मका लागि बन्द गरिएको प्याव्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाले जानकारी दिए ।

गर्मीका कारण विभिन्न रोग तथा भाइरलको संक्रमण बढ्न सक्ने भन्दै संस्थागत विद्यालय गरिएको उनको भनाई छ । दाङमा निरन्तररुपमा बढिरहेको गर्मीका कारण विद्यार्थीको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै संस्थागत विद्यालयको छाता संगठनले जिल्लाका सबै संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

नीजि विद्यालयको संगठन प्याव्सन र एनप्याव्सनले राष्ट्रिय परिक्षामा सहभागी हुने विद्यार्थीहरुको कक्षाको पठनपाठनका लागि बैकल्पिक व्यवस्था गर्न पनि सम्बन्धित विद्यालयलाई अनुरोध गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage