scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

नगरपालिकाको उपप्रमुखद्वारा कार्यालय तोडफोड

फाइल फोटो

रौतहट, १४ जेठ । रौतहटको गुजरा नगरपालिकाका उपप्रमुख रौशना खातुनले कार्यालयको जिन्सी सामानमा तोडफोड गरेका छन् । उनको भागबण्डामा बजेट नपरेपछि कार्यालयको ल्यापटप फुटाउनुका साथै उपभोक्ता समितिको महत्वपूर्ण कागजात पनि च्यातेर नस्ट पारेका छन् ।

कर्मचारीमाथि दुर्व्यवहार गर्दै उपप्रमुख खातुनले कार्यालयको सामान तोडफोड गर्न आफ्ना परिवारका सदस्यलाई कार्यालय बोलाएको कार्यालयका कर्मचारीले बताएका छन् । गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरीले प्रत्येक कार्यपालिकाको बैठकमा भएका निर्णयमा समेत उपप्रमुखको हस्ताक्षर रहेको बताए ।

तर, विकास निर्माणका कार्य सञ्चालन हुन थालेपछि आफ्नो असहमति भएको भन्दै कार्यालयको सामानमा क्षति पुर्‍याउन थालेको चौधरीले स्पष्ट पारे । उपप्रमुख रौशना खातुनसँग यस विषयमा बुझ्न खोज्दा उनको मोबाईल उठेपनि कुरा भने हुन सकेन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob