scheduleआइतवार श्रावण ५ गते, २०७६

‘बादल ओलीको गृहमन्त्री कि विप्लवको प्रवक्ता ?’


काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापाको भूमिकामाथि प्रश्न तेर्स्याएका छन् । शर्माले बादलको भूमिका लिएर प्रधानमन्त्री ओलीसँग प्रश्न तेर्स्याएका हुन् ।

नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा शर्माले गृहमन्त्री थापाले सोमबार संसदमा विप्लवका चार कम्पनी जनसेना रहेको बताएको प्रसंगलाई जोडेर प्रश्न गरे ।

‘हिजो विप्लव र रामबहादुर थापा बादलहरू सँगसँगै काँधमा काँध मिलाएर हिँडेका थिए,’ शर्माले प्रश्न गरे, ‘आज गृह मन्त्रालयमा बसेर संसदमा उभिएर यति सेना छन् उति छन् भनेर भन्ने अधिकार गृहमन्त्रीलाई कसले दियो ?’

शर्माको थप प्रश्न थियो, ‘प्रधानमन्त्रीजी बादल तपाईंको गृहमन्त्री हो कि विप्लवको प्रचारमन्त्री?’

सोमबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले नेत्रविक्रम चन्द विप्लवले चार कम्पनी खडा गरेको र नेकपा नामको पार्टी गठन गरेको अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा कांग्रेस प्रवक्ता शर्माले विप्लवलाई हिंसाको बाटो छाड्न आग्रह पनि गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob