scheduleबुधवार श्रावण १ गते, २०७६

झापामा बलात्कार आरोपमा धर्मगुरु पक्राउ

सांकेतिक तस्बिर

झापा, १५ जेठ । झापामा बलात्कार आरोपमा एकजना धर्मगुरु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले कन्काई नगरपालिकास्थित कोटीहोमबाट इलामको रोङ गाउँपालिका–३ का ४४ वर्षीय छत्रबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

बिर्तामोडका डिएसपी मोहनकुमार थापाका अनुसार धर्मगुरु गुरुङले आफूलाई ‘छत्रबहादुर गिरी’ भनेर ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए । पहेँलो वस्त्र र लामा दाह्री पालेर साधुको भेषमा शिव मन्दिरमा बस्दै आएका उनले महिलालाई डर देखाउँदै बारम्बार बलात्कार गरेको आरोप छ ।

‘उजुरी आइतबार बेलुका परेको हो, हामीले उनलाई तत्कालै पक्राउ गर्‍यौँ,’ डिएसपी थापाले भने, ‘सोमबार अदालतबाट ५ दिनको म्याद पनि थपिएको छ ।’ प्रहरीले उनलाई जबरजस्ती करणीको मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार ३१ वर्षका एक महिला धर्मगुरुको शिष्य बन्नका लागि सहयोगीको रुपमा सेवा गर्दै सँगै हिँड्ने गरेकी थिइन् । छत्रबहादुरले आफूलाई महन्त भन्ने गर्दथे । विभिन्न धार्मिक कार्यक्रममा जाँदा र कोटीहोममै पनि धर्मगुरुले आफूलाई बारम्बार बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

त्यसपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । महिलाको सोमबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob