scheduleबुधवार जेष्ठ १४ गते, २०७७

स्थानीय तहलाई केन्द्र र प्रदेशद्वारा निषेध, यसरी समृद्धि नआउने पौडेलको ठहर

फाइल फोटो

डोटी, १५ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह केन्द्र र प्रदेश सरकारको निषेधमा परेको निष्कर्ष सुनाएका छन् ।

बुधबार प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो निष्कर्ष सुनाएका हुन् । ‘भ्रष्टाचार गर्नकै लागि स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यकर्ताहरुलाई योजना बाँड्ने काम भएको छ,’ उनले भने, ‘यसले देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै बढ्छ ।’

सांसद विकास कोषको रकम रोक्नुपर्ने धारणा राखेका बरिष्ठ नेता पौडेलले प्रदेश र केन्द्रीय सरकारले मनपरी ढंगले योजना वितरण गर्ने गरेको अभ्यासप्रति आपत्ति समेत प्रकट गरे ।

Dish_Home

‘एकातिर जनबिद्रोहको नाममा बम पड्काउने काम भएको छ, यो एक प्रकारको हिंसा हो,’ देशको राजनीतिक अवस्थाबारे विश्लेषण गर्दै उनले अघि भने, ‘अर्कोतिर भ्रष्टाचार चर्किएको छ, यो अर्को प्रकारको हिंसा हो ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय