scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

चीन-अमेरिका व्यापार युद्ध: के चीनले दुर्लभ खनिजलाई तुरुपको रुपमा प्रयोग गर्दै छ ?

एजेन्सी, १५ जेठ । चीनले अमेरिकालाई बहुमूल्य खनिज पदार्थ नबेच्ने संकेत गरेको छ । यी दुई शक्ति राष्ट्रबीच व्यापार युद्ध चर्किदैँ गएको बेला चिनियाँ सरकारले बहुमूल्य खनिज निर्यातमाथि प्रतिबन्ध लगाउने योजना बनाएको हो ।

‘चीनले अमेरिकामा निर्यात गरिने दुर्लब खनिजमाथि प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ’, ग्लोबल टाइम्सका सम्दापकले आफ्नो ट्विटमा लेखेका छन् ।

विद्युतीय कार तथा विन्ड टरबाइन उत्पादन गर्दा कच्चा पदार्थको रुपमा प्रयोग हुने विभिन्न किसिमका खनिज पदार्थ चीनले नै सबैभन्दा बढी उत्पादन गर्छ । गत वर्ष अमेरिकाको जिओलोजिकल सर्भेले यस्ता खनिज पदार्थ अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि अति आवश्यक भएको जनाएको थियो ।

 

दुर्लभ खनिज पदार्थ भनेको के हो ? 

पुनर्नवीकरणीय ऊर्जा प्रविधि, तेल प्रशोधन, इलेक्ट्रोनिक्स, ग्यास उद्योग जस्ता महत्वपूर्ण क्षेत्रमा प्रयोग हुने १७ वटा खनिज पदार्थलाई ‘दुर्लभ’ खनिजको रुपमा हेरिन्छ । यी खनिज पदार्थ उत्पादनको कुल हिस्सामध्ये करिब ७० प्रतिशत हिस्सा चीनमा हुने गर्छ । बाँकी हिस्सा म्यानमार, अष्ट्रेलिया र अमेरिकामा उत्पादन हुने गर्छ ।

विशेषगरी १७ वटा खनिज पदार्थलाई ‘दुर्लभ’ भनेर परिभाषित गरिएको छ । तर यी पदार्थ पृथ्वीको सहतमुनि प्रशस्त मात्रामा पाइने अमेरिकी जिओलोजिकल सर्भेले बताएको छ । साथै विश्वका थोरै स्थानमा वा केही मुलुकले मात्रै यस्ता खनिज उत्पादन गर्ने वा जमिनबाट निकाल्ने गर्छन् ।

यसबाहेक, एकातिर यी खनिज उत्खनन निकै कठिन हुने गर्छ भने अर्कोतिर उत्खनन कार्यबाट वर्यावरणमा समेत गम्भीर असर पर्छ ।

उद्योग तथा कलकारखानामा चाहिने खनिज पदार्थ उत्पादन गर्ने कार्यमा मात्रै होइन, प्रशोधन गर्ने कार्यमा समेत चीन नै अघि देखिन्छ । गत सालको तथ्याङ्क अनुसार प्रयोग गर्न सकिने अक्साइडमध्ये ९० प्रतिशत अक्साइड चीनमा नै प्रशोधन गरिएको थियो । त्यहाँको सरकारी तथ्याङ्कले विदेशमा निर्यात हुने दुर्लभ अक्साइडको मात्रा विगत ५ वर्षमा दोब्बर भएको देखाउँछ ।

अमेरिका चीनमाथि कति निर्भर छ त ? 

अमेरिकाले चीनबाट झण्डै ८० प्रतिशत दुर्लभ खनिज पदार्थ आयात गर्छ । त्यस्तै इस्टोनिया, फ्रान्स र जापानले समेत यस्ता खनिज पदार्थ अमेरिकालाई बेच्ने गर्छन् । तर कच्चा धातु वा ओरिजिनल ओर भने चीनबाट नै आउने गर्छ ।

अमेरिकामा रहेको एउटा खनिज उत्खनन केन्द्रले आफूले उत्खनन गरेको खनिज पदार्थ समेत प्रशोधनका लागि चीन पठाउँछ । तर चिनियाँ सरकारले लगाएको २५ प्रतिशत अतिरिक्त निर्यात करबाट यस्ता केन्द्र मारमा परिरहेका छन् ।

चीनले प्रतिबन्ध लगाएको खण्डमा अमेरिकासँग रहेको एउटा विकल्प भनेको मलेसियाबाट यस्ता खनिज आयात गर्नु हो । यद्यपि, मलेसियाले मात्रै अमेरिकी उद्योग/कलकारखानालाई चाहिने परिमाण उपलब्ध गराउन सक्दैन । यसबाहेक, मलेसियाली सरकारले वातावरणीय जोखिमका कारण दुर्लभ खनिज उत्पादन कार्यलाई रोक्ने बताइरहेको छ ।

अमेरिकामा नै दुर्लभ खनिज प्रशोधन गर्न कति संभव छ ?

चीनले प्रतिबन्ध लगाएको अवस्थामा अमेरिकाले नै आफ्ना उद्योग र कलकारखानालाई चाहिने खनिज पदार्थ प्रशोधन गर्न सक्ने संभावना भने छ । तर चीनबाट कच्चा पदार्थ नल्याइकन यो कार्य गर्न प्राय: कठिन देखिन्छ । सन् १९८० को दशकसम्म दुर्लभ खनिज पदार्थ सबैभन्दा बढी उत्पादन गर्ने मुलुकमा अमेरिका नै पर्थ्यो ।

चीनले यसअघि समेत खनिज निर्यात कार्यमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१० मा भौगोलिक विवादका कारण जापानलाई यस्ता खनिज पदार्थ बेच्न छोडेको हामी सबैलाई छ ।

यदि चीनले प्रतिबन्ध लगाएमा यसले अमेरिकी उद्योग तथा कारखानामाथि निकै ठूलो असर पर्ने देखिन्छ । दुर्लभ खनिजमाथि निर्भर रहेका र खरबौं डलर लगानीमा स्थापना गरिएका उद्योगमाथि पर्ने असर निकै ठूलो हुने पक्का छ ।

(बीबीसीमा प्रकाशित आलेख सुनिल बरालद्धारा अनुवाद गरिएको हो ।)

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob