scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

चर्को घाम र तातो हावाले तराईको जनजीवन प्रभावित


महोत्तरी, १५ जेठ । पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन् ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको गौशालास्थित सिटिजन बैंकका शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले बताए । उनका अनुसार अन्य महिनाको तुलनामा यो महिना बैंकमा वित्तीय कारोवारका लागि आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको बताइएको छ ।

त्यस्तै तातो हावाहुरी तथा लूकै कारण आँप तथा अन्य तरकारी खेती प्रभावित भएको गौशालाका किसान लक्ष्मेश्वर महतोले बताए । बढ्दो गर्मीका कारण खेतमा काम गर्न कामदारले जान नमानेर समेत फलफूल तथा तरकारी खेती प्रभावित हुन पुगेको उनले जानकारी दिए ।

तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक मनोजकुमार साहले बताए । वैशाखयता तराईमा पानी नपर्दा गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि वृद्धि भएको उनले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob