scheduleबुधवार मंसिर ४ गते, २०७६

हंगेरीमा डुङ्गा पल्टिँदा ७ जना कोरियाली पर्यटकको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी, १६ जेठ । हंगेरीमा डुङ्गा पल्टिदा ७ जना कोरियाली नागरिकको ज्यान गएको छ ।

डेन्युब नदीमा डुङ्गा पल्टिएपछि कम्तिमा पनि ७ जना पर्यटकले ज्यान गुमाएको समाचार माध्यमले जनाएका हुन् । मृत्यु हुनेमा सबै कोरियाली नागरिक रहेका छन् ।  दक्षिण कोरियाको विदेशमन्त्रालयले हंगेरी घुम्न गएका आफ्ना ७ जना नागरिकको ज्यान गएको र १९ जना हराइरहेको बताएको छ ।

राजधानी बुडापेस्ट नजिकै नदी किनारमा उक्त डुङ्गा पल्टिएको थियो । उक्त डुङ्गालाई  नदीको किनारमा राख्दै गर्दा अर्को डुङ्गा आएर ठोक्किएको थियो ।

सात जनालाई जिवितै उद्धार गरिएको र हाल उद्धार कार्य जारी रहेको हंगेरीका अधिकारीले जनाएका छन् । मानवीय त्रुटीका कारण उक्त दु:खद घटना भएको आशंका गरिएको छ । पल्टिएको डुङ्गामा ३० जना पर्यटक, ३ जना गाइड र २ जना चालक रहेका थिए ।

 

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage