scheduleशनिवार श्रावण ३२ गते, २०७६

बजेटले बन्द विमानस्थल बिर्सिएपछि स्थानीयबासी आक्रोशित


कञ्चनपुर, १७ जेठ । दुई दशकदेखि बन्द रहेको मझगाउँको विमानस्थल सञ्चालनका लागि सरकारले बजेट नछुट्याएको भन्दै स्थानीय आक्रोशित भएका छन् । बन्द विमानस्थल सञ्चालन गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा नपरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

बन्द मझगाउँको विमानस्थलका लागि सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि बजेट विनियोजन गरेको छैन । द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै २०५६ सालमा बन्द भएको कञ्चनपुरको एकमात्र मझगाउँ विमानस्थल सञ्चालनका लागि कतैबाट पनि पहल नभएपछि कञ्चनपुरबासी स्संघर्षमा उत्रिएका छन् । द्वन्द्वकालमा बन्द भएका अन्य विमानस्थल सूचारु भइसक्दा पनि कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि भने सरकाले अहिलेसम्म पहल नगरेको उनीहरुको आरोप छ ।

यस वर्षको बजेटमा अन्य थुप्रै विमानस्थल प्राथमिकतामा परेपनि कञ्चनपुरको मझगाउँ विमान स्थल प्राथमिकतामा नपरेको र राज्यले कञ्चनपुरबासीलाई फरक नजरले हेरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । शुक्रबार बिहान ८ बजे स्थानीयले बिरोध र्‍याली निकालेका मझगाउँ विमानस्थल संर्घष समितिका संयोजक रमेश चन्दले जानकारी दिए ।

करिब ५३ बिगाहा क्षेत्रफमा फैलिएको मझगाउँ विमानस्थल सूचारु नहुँदा बनेका भौतिक संरचना खण्डहर बनेका छन् भने विमानस्थल अहिले गौचरनमा परिणत भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage