scheduleशुक्रवार भाद्र ६ गते, २०७६

तिब्बत प्रशासनद्वारा २५ सय हुम्ली कामदारको सीमापास खोसियो


हुम्ला, १७ जेठ । छिमेकी राष्ट्र चीनमा कामको खोजीमा गएका २५ सय हुम्ली युवाको सिमा पास खोसेर चीन सरकारले फिर्ता पठाएको छ । विभिन्न कामको शिलशिलामा हुम्लाको हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा पुगेका करिब पच्चीस सय हुम्ली कामदारलाई चीन सरकारको प्रशासनले फिर्ता पठाउन लागेको हो ।

छिमेकी देशमै भएपनि काम गरेर परिवार पाल्नुपर्ने बाध्यतामा रहेका हुम्ली चीन सरकारको यस्तो कदमपछि समस्यामा परेका ताक्लाकोटबाट रामबहादुर भण्डारीले बताए ।

घरबाट लगेको बाटो खर्च समेत सकिएपछि कामका लागि हिडेका युवा समस्यामा परेका भण्डारीले जानकारी दिए । जेठ पहिलो हप्ता चिनीया युवतीको हत्या भएपछि त्यहाँस्थित प्रशासनले सबै हुम्लीको सिमापास खोसेर घर पठाउने गरेको भण्डारीको भनाइ छ । बैशाख अन्तिम सातादेखि करिब २५ सय हुम्ली कामदार चीनमा पुगेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage