scheduleमगलवार आश्विन २८ गते, २०७६

जब दम्पत्तिले ट्याक्सीमा नवजात शिशु बिर्सिए …

फाइल फोटो

ह्याम्बर्ग, १७ जेठ । जर्मनीको शहर ह्याम्बर्गमा एक जोडीले दोस्रो सन्तानको अभिभावक बने । उनीहरु यति खुसी भएकि अस्पतालबाट घर जानेक्रममा ट्याक्सीमा नवजात शिशु नै छाडेर हिंडे ।

यस्तो जोडी को हो ? प्रहरीले नाम त खुलाएको छैन, तर उनीहरुले घटनाबारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जुनकुरा अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

उक्त पोस्टका अनुसार दुई पति-पत्नी आफ्नो दोस्रो बच्चा जन्मिएपछि एकदमै खुसी भए । अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुले ट्याक्सी लिए । घरनजिकै ट्याक्सी रोकियो । । दुवैजना पहिलो सन्तानका साथ ट्याक्सीबाट झरे । ड्राइभरलाई पैसा दिए र घरतिर गए ।

तर, घर पुगेपछि उनीहरुलाई लाग्यो कि उनीहरुले केहि त बिर्सिएका छन् । जब उनीहरु ट्याक्सीतिर फर्किए, ट्याक्सी त हिंडिसकेको थियो ।

उनीहरुले तत्काल प्रहरीमा खबर गरे । ट्याक्सीको हुलिया दिए ।

उता ट्याक्सी ड्राइभरले पनि बच्चाबारे याद गरेन । जब अर्को ग्राहक ट्याक्सीमा बसे, उनीहरुले ड्राइभरलाई बच्चाबारे सोधे । गाडीको पछाडिको सिटमा त बच्चा थियो । त्यतिबेलासम्म बच्चा आरामले सुतिरहेको थियो । त्यतिबेला प्रहरी र उनको मातापिता बच्चा खोज्न पागलजस्तै दौडिरहेका थिए ।

प्यासेन्जरले ट्याक्सी ड्राइभरलाई खबर गर्नेबेलासम्म बच्चा रुन थालिसकेको थियो । बल्ल ट्याक्सि ड्राइभरले यथार्थ बुझ्यो र प्रहरीलाई खबर गर्‍यो । प्रहरी चौकीमा पुगेर ड्राइभरले बच्चा आफ्नो अभिभावकलाई हस्तान्तरण गर्‍यो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage