scheduleशुक्रवार कार्तिक १ गते, २०७६

पँधेरो गएकी महिलालाई हँसियाले हानी हत्या


बझाङ, १७ जेठ । बझाङमा पानी लिन पँधेरो गएकी महिलाको हत्या भएको छ । जिल्लाको सुर्मा गाउँपालिका-४, सुर्मागाउँकी २५ वर्षीया जुना पुजाराको हत्या भएको हो ।

प्रहरीका अनुसार पानी भरिरहेकी जुनालाई स्थानीय लोकेन्द्र पुजाराले हँसियाले हानेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी सूर्य केसीले दिएको जानकारी अनुसार जुना स्थानीय लक्षीचन्द्र पुजाराकी श्रीमती हुन् भने उनको हत्या गर्ने लोकेन्द्र नाताले ससुरा पर्छन् ।

उनीहरुबीच यसअघि पनि घरायसी विवाद रहेको र चौकीसम्म झगडा पुगे पनि मिलापत्र गरिएको थियो ।

विहीबार उनीहरुबीच सामान्य झगडा परेको थियो । लोकेन्द्रले बुहारी पानी भर्न निहुरिएको बेला हँसिया प्रहार गर्दा उनको घटनास्थलमै मृत्यू भएको हो ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage