scheduleबिहिवार आश्विन २ गते, २०७६

स्थानीय तहका लागि लोकसेवाबाट विज्ञापन आह्वान स्वीकार्दैनौंः मुख्यमन्त्री राउत


जनकपुर, १७ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन नस्वीकार्ने बताएका छन् ।

शुक्रबार महोत्तरीको बर्दिवासमा सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकमा मुख्यमन्त्री राउतले लोकसेवाले स्थानीय तहको लागि गरेको विज्ञापन संविधानको भावनाविपरीत भएको निष्कर्ष सुनाउँदै यसलाई अस्वीकार गर्ने बताएका हुन् । उनले यसको कानुनी उपचार खोज्ने समेत चेतावनी दिए ।

‘संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था छ,’ उनले भने, ‘तर पनि केन्द्रबाटै विज्ञापन गरिएको छ, केन्द्र सरकारले संघीयतामाथि नै अंकुश लगाउने प्रयास गरिरहेको छ ।’

उनले संघीयता खोज्ने केन्द्रको अभ्यासविरुद्ध स्थानीय तहहरुलाई एकजुट हुन आह्वान गरे । उनले भने, ‘केन्द्र सरकारले एकपछि अर्को अधिकार खोस्ने प्रपञ्च गरिरहेको छ, स्थानीय तहका प्रतिनिधिहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage