scheduleआइतवार श्रावण ५ गते, २०७६

भर्जिनिया बिचमा अन्धाधुन्ध गोली चल्दा ११ मारिए, कयौं घाइते


एजेन्सी, १८ जेठ । अमेरिकाको भर्जिनिया बिचमा रहेको सिटी भवनमा अन्धाधुन्ध गोली चल्दा ११ मारिएका छन् भने कम्तिमा ६ जना अस्पताल भर्ना भएका छन् ।
एकजना रुष्ट कामदारले गोली चलाएको भर्जिनिया सरकारी स्रोतलाई उद्धृत गर्दै सिएनएनले खबर लेखेको छ । आक्रमणकारी प्रहरीसँगको भिडन्तमा मारिएका छन् । अहिलेसम्म आक्रमणकारीको पहिचान भने खुल्न सकेको छैन ।

यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो ।

सार्वजनिक सेवामा कार्यरत ती आक्रमणकारीको आक्रमणको घटनालाई भर्जिनिया बीचकै इतिहासमा सबैभन्दा भयंकर दिनको रुपमा स्थानीय अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । मेयर बबी डायर भन्छन्, ‘घटनामा ज्यान गुमाउनेहरु हाम्रा मित्र, सहकर्मी, छिमेकी र सहपाठीहरु रहेका छन् ।

आक्रमणकारीले भवनको विभिन्न तलामा गोली प्रहार गरेका थिए । घटनास्थलमा खटिएका प्रहरीसँग पनि उनको भिडन्त भएको थियो । एकजना बुलेटफ्रुफ ज्याकेट लगाएका प्रहरी पनि गोली लागि घाइते भएका छन् ।

घटनाका प्रत्यक्षदर्शीहरुले गोली लागेका घाइतेहरु रगताम्य हुँदै भर्‍याङबाट पल्टिरहेको देखेको बताएका छन् । घाइते एक महिलाले ‘एउटा केटोले गोली हानिराछ, बाहिर निस्क’ भन्दै चिच्याएको एक प्रत्यक्षदर्शीले बताए ।

आक्रमणकारी उन्मत्त अवस्थामा अन्धाधुन्ध गोली चलाइरहेको देखेको एक सञ्चारकर्मीले प्रतिक्रिया दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob