scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

मेस्सी भन्छन्- परिवारसँग बस्दा हारको पीडा भुल्न सजिलो हुन्छ

एजेन्सी, १८ जेठ । परिवारसँग बस्दा आफूले हारको पीडा भुल्ने गरेको लियोनल मेस्सीले बताएका छन् ।
मेस्सीले श्रीमति र छोराहरुसँग समय बिताउँदा पराजयको पीडा सजिलै भुल्ने बताएका हुन् । त्यस्तै मानिसको जीवनमा फुटबलबाहेक अन्य कुरा समेत महत्वपूर्ण रहेको र बाबु बनेपछि जीवनलाई हेर्ने दृष्टिकोण नै फराकिलो भएको मेस्सीको भनाइ छ ।
‘पराजित हुँदा निकै पीडा हुन्छ तर यस्तो पीडालाई फरक तरिकाले सामना गर्छु’, फक्स स्पोर्टससँग कुरा गर्दै मेस्सीले भने, ‘जेठो छोरा थिआगो सन् २०१२ मा जन्मेपछि जीवनमा खेलको नतिजाभन्दा अन्य कुरा समेत महत्वपूर्ण हुने रहेछन् भन्ने थाहा पाएको थिए । ‘
विहे हुनुपूर्व हारको पीडा भुल्न निकै कठिन हुने गरेको समेत मेस्सीले बताए । ‘पहिला-पहिला खेलमा हारेपछि घर आउथेँ, कोठामा एक्लै बस्थेँ, टिभी पनि हेर्दैनथेँ, खाना पनि खान्थिनँ’, उनले भने, ‘तर अहिले  सजिलो हुन्छ । घरमा आएपछि छोराहरु र श्रीमतिसँग खेल्छु अनि हारको पीडा भुल्छु ।’
मेस्सीको परिवारमा उनकी श्रीमति एन्टोनेला, छोराहरु थिआगो, म्याटियो र साइरो छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob