scheduleआइतवार आषाढ़ १ गते, २०७६

दार्चुलाको त्रिदेशीय सीमामा प्रहरी परिचालन


दार्चुला, १८ जेठ । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा नेपाल प्रहरीको टोली सुरक्षाका लागि परिचालन गरिएको छ । व्याँस गाउँपालिका वडा नम्बर १ व्याँस क्षेत्रमा बसोबास गर्ने व्याँसी सौकाहरू सदरमुकामबाट व्याँस बसाई सरेसँगै सुरक्षा परिचालन गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपाल प्रहरीको १४ जनाको टोली व्याँस क्षेत्र पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले जानकारी दिए । यसअघि जेठ १३ गते दुम्लिङ अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको प्रहरी टोली व्याँसको सीतपुल प्रहरी चौकीमा खटिएको थियो ।

कात्तिक/मंसिरतिर व्याँसबाट राप्लाको दुम्लिङ अस्थायी प्रहरी पोष्ट झरेको प्रहरी टोली जेठ १३ गते सीतापुल प्रहरी चौकीमा खटिएको थियो । प्रहरी नायब निरीक्षक लोकेन्द्रसिँह पुजराको नेतृत्वमा १४ जनाको प्रहरी टोली पनि व्याँस क्षेत्रको सुरक्षाका लागि खटाइएको छ । सैनिक हेलिकप्टरमार्फत प्रहरी टोली व्याँस क्षेत्रमा खटाइएको हो ।

नेपालको भूमि भएर व्याँससम्म पुग्न सकिने बाटो नहुदाँ प्रहरी टोली खटाउन हेलिकप्टरको प्रयोग गर्नु परेको हो । हातहतियार लगायतका बन्दोबस्तीका सामग्री भारतबाट ढुवानी गर्न नमिल्ने भएका कारण हेलिकप्टरमार्फत् पु¥याइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

यसअघि प्रहरी सहायक निरीक्षक र अहिले प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटाइएको प्रहरी टोलीले सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरबाट पनि सुरक्षा दिने डीएसपी शाहीको भनाइ छ । उहाँका अनुसार यसअघि सीतापुल प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मीहरु नै सीमा प्रहरी चौकी तिंकरमा पनि खटिने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob