scheduleबिहिवार भाद्र ५ गते, २०७६

सहमति बिर्साउने ओलीको बोली, भन्छन्- जबजको विकल्प छैन


पोखरा, १८ जेठ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जनताको बहुदलीय जनवादको विकल्प नभएको बताएका छन् ।

नेकपाभित्रको पछिल्लो समय चलिरहेको वैचारिक बहसमा कडारुपमा प्रस्तुत भएका ओलीले जबजको विकल्प नभएको बताएका हुन् ।

शनिबार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादबाटै नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको हो ।’ उनले अगाडि थपे, ‘मदन भण्डारीकै सोचले नेपाली कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाएको हो ।’

दुई पार्टी एकीकरणको बेला दुवै पार्टीका विचारलाई स्थगन गरेर नयाँ विचारमा अगाडि बढ्ने सहमति भएपनि ओलीले पोखरामा पार्टीको वैचारिक लाइनबारे कडा विचार व्यक्त गरे । उनले भने, ‘नेपालको कुनै आन्दोलन छ भने मदन भण्डारीका विचारले जन्मिएको जनताको बहुदलीय जनवादले नेतृत्व गरेको छ,’ आज हाम्रो पार्टी जुन सम्झौताको विन्दुमा पुगेको छ, त्यसका पछाडि विचारहीन ढंगले जसो गरे पनि चल्छ भन्ने होइन ।’

मन्तव्यको क्रममा पुष्पलाललाई पनि सम्झिएका उनले नेपाली कम्युनिस्ट आन्दोलनमा पार्टी स्थापनाको हिसाबले पुष्पलालको भूमिका रहेको भए पनि विचारका हिसाबले मदन भण्डारीको महत्वपूर्ण भूमिको रहेको निष्कर्ष सुनाए ।

पुष्पलालले सुरु गरेको विचार छिन्नभिन्न भएको बेला मदन भण्डारीले विचारमार्फत विकास र विस्तार गरेको निष्कर्ष ओलीको थियो ।

माओवादीसँग एकता भएपछि पहिलो पटक बहुमत ल्याएको एमालेसहितको पार्टी नेकपाका अध्यक्ष ओलीले मदन भण्डारीकै विचारबाट झन्डै २ तिहाई बहुमतको नेकपा सरकार बनेको जिकिर गरे ।

‘कुनामा बस्ने, कुरा काट्ने अनि फाल्टु गफ लेखेर विद्वान पल्टिने प्रवृति छ,’ उनले भने, ‘त्यसको कुनै अर्थ छैन, खाली विरोधीलाई उक्साउनेमात्रै हो ।’

यो पनि-
प्रचण्डको नयाँ कुरा- सहमति जे भए पनि केपीजीले पाँच वर्ष नै चलाउन सक्नुहुन्छ

ओलीले ‘ईश्वर’ खटाएपछि प्रचण्डले ‘सहमति’ सम्झिए

मोरङ पुगेर प्रचण्डले दोहोर्‍याए- एक वर्षपछि प्रधानमन्त्री हुन्छु

प्रचण्डलाई ओलीको जवाफ- कतिपय मान्छेहरुको प्रवृत्ति म देखिरेको छु

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage