scheduleबुधवार आषाढ़ ४ गते, २०७६

अवैध मुद्रासहित पक्राउ परिन् क्यानडियन नागरिक


काठमाडौं, १८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ जान लागेकी एक क्यानडियन नागरिक अवैध मुद्रासहित पक्राउ परेकी छिन् । राहदानी नम्बर एसि ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक जिन्निया मि गलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको अवैध मुद्रासहित प्रहरीले पक्राउ गरेको हो ।

उनीसँग अमेरिकी डलर २० हजार ६ सय ३०, नेपाली १० हजार रुपैयाँ, हङकङ डलर १ हजार ४ सय २०, चाइनिज यन १ हजार ५० सहित शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

विमानस्थलमा जाँच गर्ने क्रममा ब्यागभित्र लुकाई छिपाई लैजान लागेको उक्त मुद्रासहित उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी क्यानडियन नागरिकलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob