scheduleबुधवार आश्विन १ गते, २०७६

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार


बाजुरा, १८ जेठ । बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । हेलिकप्टरबाट उद्दार गरिएका महिलालाई उपचारका लागि नेपालगञ्ज पठाईएको छ ।

बुढीनन्दा नगरपालिका–१० रावत गाउँकी २२ वर्षीया रमिला रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गए राति भर्ना गरिएको थियो । रोकायाको सहज रुपमा प्रसुति हुन नसकेपछि स्वास्थ्य चौकीले नेपालगञ्ज लैजान भनेको थियो ।

लगत्तै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीलाई खबर गरेपछि तत्काल हेलिकप्टरको व्यवस्था गरिएको हो । रोकायालाई कोल्टी विमान स्थलबाट हेलिकप्टरमार्फट कोहलपुर मेडिकल कलेज लगेको सामाजिक विकास मन्त्रालयको निजि सचिवालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीको निर्देशनमा यस अघि पनि जिल्लाका तीन बढी सुत्केरी उद्दार गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage