scheduleबिहिवार आश्विन २ गते, २०७६

राइसमिलमा आगलागी, डेढ करोडको क्षति

झापा, १८ जेठ । भद्रपुर नगरपालिका–६ स्थित एग्रो राइसमिलमा आज बिहान विद्युत् चुहिएर आगलागी हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष र राजेश गुप्ताले सञ्चालन गरेको राइसमिलमा आगलागी हुँँदा मेसिनरी सामान जलेर सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक केशव अधिकारीले बनाए ।
आज बन्द रहेको राइसमिलमा बिहान ९ः३० बजे एक्कासी आगलागी भएको थियो । उद्योग बन्द रहेकाले मानवीय क्षति नभए पनि उद्योगका मेसिनरी सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

भद्रपुर नगरपालिकाको दुई र बिर्तामोड नगरपालिकाबाट आएको एक गरी तीन दमकलले आगलागी एक घण्टामै नियन्त्रणमा लिइएको थियो ।

राइसमिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकाले आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासीसहितको ठूलो जनशक्ति परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार मिलको वल्डिङ मेसिनबाट विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage