scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम आज


काठमाडौं, १९ जेठ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

आज दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । चालू आर्थिक वर्षमा प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ ।

यस्तै प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्रलाई समेत प्राथमिकतामा राखेको नीति आयोगका अध्यक्ष डा. हरिवंश झाले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रदेश २ निकै पिछडिएको हुँदा त्यसको सुधारका लागि जोड दिँदै यस वर्ष ती क्षेत्रलाई प्राथमिकतामा राखि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob