scheduleसोमवार भाद्र २ गते, २०७६

खेलाडी खेल्न र दर्शक हेर्नमा व्यस्त तर ‘माइकल’ भने आफ्नै हरकतमा मस्त

एजेन्सी, १९ जेठ । शनिबार लिभरपुल र टोटेनह्यामबीच भएको च्याम्पियन्स लिग हेर्न म्याड्रिड आएका एकजना दर्शकले रंगशालामा सबैलाई चकित पार्ने कार्य गरेका थिए ।

सबैलाई चकित पार्ने काम गरेका उक्त व्यक्ति बेलायती भएको समाचार माध्यममा जनाइएको छ । ३३ वर्षीय ती व्यक्तिको नाम भने खुलाइएको छैन । उनी लिभरपुलका फ्यान भएको समेत बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार उनले उक्त कार्यसँगै एकजना इटालियन पर्यटक र प्रहरीलाई समेत आक्रमण गरेका थिए ।

उनको हरकत यस्तो थियो 

शनिबार म्याड्रिडको रंगशालामा हजारौं दर्शकले लिभरपुल र टोटेमह्यामबीचको फाइनल खेल उत्साहित हुँदै हेरिरहेका थिए । रंगशाला वरपरका दृश्य क्यामेरामा कैद भइरहेका थिए ।

त्यही मौकामा एकजना युवकको चर्तिकला समेत क्यामेरामा कैद हुन पुग्यो । खेल चलिरहेका बेला बारको नजिक आएर एकजना युवकले एक्कासी आफुले लगाएका कपडा फुकालेर नाङ्गै भए । उनको यो चर्तिकला कसैलाई मन पर्‍यो भने कसैलाई मन परेन । मन नपराउनेले उनीमाथि प्लास्टिकका कप बर्साउन थाले ।

तर ती युवकले यसलाई समेत बेवास्ता गरे । अनि उभिएर नै आफ्नो लिङ्ग खेलाउन थाले । उनले मैदानभित्रै हस्तमैथुन गरेको तस्बिर क्यामेरा हुन पुग्यो । भीडबीचमै हस्तमैथुन गरेर आनन्द लिइरहेको अन्य दर्शकले समेत देखे । यही क्रममा एकजना इटालियन महिलाले उनलाई रोक्न खोजिन । तर रोकिनुको साटो ती महिलाको स्कर्टमाथि आफ्नो हात राखिदिए । महिलाले त्यो कार्यको समेत  अवरोध गरिन । अनि ती युवकले रिसाउँदै महिलाको टाउकोमा हिर्काए । महिला घाइते हुन पुगिन ।

यो कार्यले मैदानमा रहेका स्वास्थ्य कर्मी र प्रहरीको समेत ध्यान तान्यो । प्रहरी युवक नजिक गयो र उनलाई रोक्न खोज्यो । तर  युवक प्रहरीमाथि नै जाइ लागे । अन्त्यमा प्रहरीले उनलाई पक्रेको थियो ।

पक्राउलगत्तै ती युवकमाथि सार्वजनिक स्थलमा हस्तमैथुन गरी शान्ति खल्बल्याएको आरोप लगाइएको थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage