scheduleबिहिवार आश्विन २ गते, २०७६

प्रेममा खटपटपछि शीतलको हत्या, पक्राउ परे ‘प्रेमी’ तामाङ

सांकेतिक तस्बिर

पाँचथर, १९ जेठ । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आइतबार  पक्राउ गरिएको हो । फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए ।

तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए । उक्त कार्यालयका साथै जिल्लाका विभिन्‍न प्रहरी एकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएका प्रनाउ कुँवरले जानकारी दिए।

उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दबाब दिँदै आएका थिए । पद्म र शीतलबीचको प्रेम सम्बन्धमा खटपट आएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । तामाङ पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage