scheduleशनिवार आषाढ़ २० गते, २०७७

मोटरसाइकल चोर पक्राउ

काठमाडौं, २० जेठ । रुकुम (पश्चिम) मा पल्सर मोटरसाइकल चोरी गर्ने २ युवालाई प्रहरीले पक्राउ गरेको छ। मुसीकोट नगरपालिका ६ डाङडुङ्गे बस्नै २२ वर्षीय मुकेश रावल र १९ वर्षीय बसन्त रावललाई पक्राउ गरिएको हो ।

रुमुक जिल्लाको त्रिवेणी गाउँपालिका ६ माथिल्लो खाराका मनबहादुर घर्ती मगरको भे ८ प ९४१ नम्बरको मोटरसाइकल चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुकुम प्रहरीले जानकारी दिएको छ ।

मुकेश र बसन्तले गत जेठ ९ गते राति पार्किङ गरेर राखेको मगरको पल्सर मोटरसाइकल चोरेका थिए । मोटरसाइकल हराएको जानकारी आएपछि विशेष अनुसन्धान टोलीले ओढारमुनी लुकाएको अवस्थामा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।

चोरीमा संलग्न दुबैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय