scheduleआइतवार आषाढ़ १ गते, २०७६

पोखरा-लेखनाथ महानगरपालिकालाई अघिल्लो वर्षको भन्दा कम बजेट

काठमाडौं, २० जेठ । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा पोखरा-लेखनाथ महानगरपालिकालाई १ अर्ब ७७ करोड २९ लाख  रुपैयाँ छुट्याएको छ।

पोखरा-लेखनाथ महानगरपालिकालाई वित्तीय हस्तान्तरणको माध्यमबाट १ अर्ब ७७ करोड २९ लाख रुपैयाँ प्रदान गरिने छ । गत वर्ष यो महानगरपालिकाका लागि १ अर्ब ८१ करोड ८६ लाख छुट्याइको थियो । तर यस वर्ष भने महानगरपालिकालाई प्रदान गरिने बजेट घटेर १ अर्ब ७७ करोड २९ लाख पुगेको हो ।

अघिल्लो वर्ष केन्द्र सरकारले वित्तीय हस्तान्तरणका माध्यमबाट पोखरा-लेखनाथ महानगरपालिकालाई सबैभन्दा धेरै रकम छुट्याएको थियो ।  तर यस वर्ष भने पोखरालाई भन्दा काठमाडौं महानगरपालिकालाई बढी रकम छुट्याइएको छ ।

अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ६ वटा महानगरपालिकालाई वित्तीय हस्तान्तरणमार्फत् कुल ८ अर्ब २० करोड १४ लाख रुपैयाँ प्रदान गरिने छ । गत वर्ष यो रकम ७ अर्ब ४९ करोड ९२ लाख थियो । नयाँ बजेटमा काठमाडौं महानगरपालिकालाई सबैभन्दा बढी र विराटनगर महानगरपालिकालाई सबैभन्दा कम रकम छुट्याइको छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob