scheduleआइतवार आषाढ़ १ गते, २०७६

गाउँपालिकाको गाडीमा अज्ञात समूहद्वारा आगजानी


पर्वत, २० जेठ । पर्वतको जलजला गाउँपालिको गाडिमा अज्ञात समुहद्धारा आगजानी भएको छ । गए राती गाउँपालिकाको ग १ ज ६५५४ नम्वरको मल्लाज एक्प्रेस जिपमा आगाजानी भएको हो ।

गाउँपालिका वार्ड नम्वर ४ को वार्ड नजिकै फड्केढुङ्गा भन्ने स्थानमा पार्किङ गरेर राखीएको अवस्थामा आगाजनी भएको हो । राती जुटको वोरामा पेट्रोल भिजाएर गाडीमा आगो लगाएको पाईएको स्थानिय हरी जिसीले जानकारी दिएका छन् ।

स्थानीय लालबहादुर मल्लको नाममा रहेको जिप गाउँपालिकाले भाडामा लिएर सञ्चालन गरिरहेको थियो । आगजानीबाट जिपको ३ वटा टायरमा क्षति पुगेको बताईएको छ । आगजनीको कारण अहिलेसम्म खुल्न सकिरहेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob