scheduleशुक्रवार आश्विन ३ गते, २०७६

एक सय १० स्थानीय तहमा रोजगार संयोजक रिक्त


काठमाडौं, २१ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यसपटकको बजेटले पनि प्राथमिकतामा राखेको छ । तर, यो कार्यक्रमले आफ्नै लागि कर्मचारी नियुक्ति गर्न पनि असफल रहेको पाइएको छ ।

प्रधानमन्त्री रोजागर कार्यक्रमअन्तर्गत अझैपनि एक सय १० स्थानीय तहमा रोजगार संयोजक रिक्त रहेको पाइएको हो । दुवै चरणमा लिइएको परीक्षामा क्रममा २६ वटा स्थानीय तह रिक्त रहेका थिए । लगत्तै ८४ स्थानीय तहमा खटाइएका रोजगार संयोजकले राजीनामा दिएपछि एक सय १० स्थानीय तह रिक्त रहेका पाइएको छ ।

रिक्त रहेका एक सय १० स्थानीय तहमध्ये सोमबार मात्र ४० स्थानीय तहका लागि छनोट भएका वैकल्पिक रोजगार संयोजक पठाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखा प्रमुख प्रकाश दाहालले जानकारी दिए ।

सातवटै प्रदेशका सात सय ५३ स्थानीय तहका लागि सरकारले दुईपटक परिक्षा लिएर रोजगार संयोजक नियुक्त गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage