scheduleशुक्रवार कार्तिक १ गते, २०७६

अन्तरिक्षमा अत्यधिक विकिरण, आधुनिक मानव सभ्यता नै जोखिममा : नासा

काठमाडौं, २२ जेठ । सामान्यतया सूर्यको बाहिरी सहत चलायमान र तातो हुने गर्छ । तर नासाले हालै सार्वजनिक गरेका तस्बिरमा सूर्यको सतह निकै शान्त भइरहेको देखिन्छ । यसरी सौर्य सतह शान्त हुनु आधुनिक मानव सभ्यताका लागि खतराको संकेत समेत भएको वैज्ञानिकको भनाइ छ ।

वैज्ञानिकका अनुसार न्युनतम सौर्य चक्र (Solar Minimum) मा सूर्य प्रवेश गर्दा यसको बाहिरी सहत निकै शान्त हुने गर्छ ।

के हो न्युनतम सौर्य चक्र ?

सूर्य हरेक ११ वर्षमा २ वटा चक्रमा प्रवेश गर्छ । यी २ चक्रलाई वैज्ञानिकले अधिकतम सौर्य चक्र (Solar Maximum) र न्युनतम सौर्य चक्र (Solar Minumum)  भनेर नामाकरण गरेका छन् । अधिकतम सौर्य चक्रमा सूर्यको बाहिर सतहमा देखिने काला धब्बा र चमकको मात्रा बढ्छ, सौर्य प्रकाश वा विकिरण अत्यधिक मात्रामा फैलिने गर्छ र अन्तरीक्षमा तातो ग्यासका मात्रा वृद्धि हुन्छ ।

तर न्युनतम सौर्य चक्रमा सूर्यको सतहमा देखिने काला धब्बा र चमकको मात्रा कम हुने गर्छ । यस चक्रमा सूर्यको चुम्बकीय क्षेत्र कमजोर हुन्छ जसले गर्दा हाम्रो सौर्यमण्डभन्दा बाहिरबाट आउने विकिरण पृथ्वीतिर आउँछन् ।

यति मात्रै होइन । न्युनतम सौर्य चक्रमा पृथ्वीको वायुमण्डल चिसो हुने गर्छ । तर सूर्यले अधिकतम सौर्य चक्रमा प्रवेश गर्नुपूर्व सौर्य सतह चलायमान र चम्किलो हुँदै जान्छ र अचानक विकिरण विस्फोट हुन्छ । यस क्रममा अत्यधिक मात्रामा तातो ग्याँग अन्तरिक्षमा फैलिन्छ जसले गर्दा सूर्यको सतहमा सुन्दर गाँठाहरु देखिने गर्छन् ।

आधुनिक मानव सभ्यता नै नष्ट हुन सक्ने वैज्ञानिकको चेतावनी 

हालको न्युनतम सौर्य चक्र पार गरेपछि अत्यधिक मात्रामा विकिरण विस्फोट हुने र यसबाट अन्तरिक्षयात्री तथा भू-उपग्रहमा क्षति पुग्न सक्छ । त्यसैले आधुनिक मानव सभ्यता नै खतरामा पर्ने चेतावनी वैज्ञानिकले दिएका छन् ।

विकिरण विस्फोटबाट विशेषगरी अन्तरिक्षयान र भू-उपग्रह जोखिममा पर्ने नासाले जनाएको छ । तीव्रगतिमा फैलिने यस्ता विकिरणले भू-उपग्रहमा हानि पुग्न गई आधुनिक मानव सभ्यता नै संकटमा पर्न सक्छ। अन्तरिक्षमा अत्यधिक मात्रामा विकिरण फैलिएमा सूचना तथा सञ्चार प्रविधि तहस-नहस हुन सक्ने वैज्ञानिकले बताएका छन् । अन्तरिक्षमा फैलिने अत्यधिक विकिरणका कारण पृथ्वीको चुम्बकीय क्षेत्र निकै खुम्चिन्छ । जसले गर्दा सूचना प्रविधिमा प्रयोग हुने तारमा थप करेन्ट सिर्जना हुन्छ । फलस्वरुप: विश्वभर रहेका पावर ग्रिड र विद्युतीय सामानमा अकल्पनीय क्षति हुन सक्छ ।

(स्रोत: मेट्रोका लागि ज्यास्पर ह्यामिलले तयार गरेको आलेखमा आधारित, अनुवाद :सुनिल बराल)

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage