scheduleआइतवार आषाढ़ १ गते, २०७६

मुगुका १८ विद्यालय बन्द

मुगु, २२ जेठ । मुगुको मुगुमकामारो गाउँपालिकामा विद्यार्थीहरु यार्सा संकलन गर्न गएपछि विद्यालयहरु बन्द भएका छन् । विद्यार्थीहरु मुगुका हिमाली पाटनमा यार्सा संकलनको लागि गएसँगै १८ वटा विद्यालय बन्द भएको छ ।

यार्सा संकलन गर्न जेठ १८ गते वन प्रवेश खुलाएसंगै गाउँपालिकामा रहेका कक्षा २ देखि माथि कक्षाका विद्यार्थीहरु यार्सा संकलनमा गएका छन् । विद्यार्थी वर्षेनी यार्सा संकलन खुलेपछि गाउँपालिकामा रहेका विद्यालयहरु बन्द हुने गरेका छन् ।

वर्षभरी खाने र कापी कलम किन्न सहज हुने भएकाले एक महिनाको लागी पढाई छोडेर भएपनी यार्सा संकलनमा पाटनमा जाने गरेको विद्यार्थीहरुले बताएका छन् ।

सबै विद्यार्थी , अविभावक यार्सा संकलनमा जाने भएकाले बिद्यार्थी बिद्यालयमा नआउने भएपछिे विद्यालय बन्द गरिएको शिक्षा युवा खेलकुद शाखाका शिक्षा अधिकृत सुवास रावलले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob