scheduleशुक्रवार आश्विन ३ गते, २०७६

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २२ जेठ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले बढेको हो ।

मंगलबार  तोलामा ६१ हजार सात सय रुपैयाँ रहेको छापावाला सुन बुधबार बढेर ६२ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा  ६१ हजार सात सय रुपैयाँ पुगेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ६१ हजार चार सय रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय १५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage