scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

मागेजति चन्दा नदिएको निहुँमा मेयरमाथि आक्रमण

काठमाडौं, २२ जेठ । रौतहतको राजपुर फरदहवा नगरपालिकाका मेयरमाथि आक्रमण भएको छ ।

राजपुर फरदहवा नगरपालीकाका मेयर शेख सकिललाई स्थानिय एक युवकले कुटपिट गरेका हुन् । इद मनाउने क्रममा मागे जति चन्दा नदिँदा शेख नेषाद कासिमले उनलाई टर्चलाइटले हिर्काएका थिए । आक्रमणबाट मेयर सकिलको आँखामा चोट लागेको छ ।

मेयर सकिलले पुरानो रिसइबीका कारण आफूमाथि हातपात भएको बताएका छन् । ‘चन्दा एउटा बाहना मात्र हो,’ उनले भने, ‘पुरानो रिसइबि साध्न आक्रमण गरेको हो, घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ।’

इस्लाम धर्मावलम्बीको चाड इद उल-फित्र  मनाउने समय र तयारीबारे छलफल गर्न मस्जिदमा गएका मेयरमाथि आक्रमण भएको थियो । मेयरले भनेजति रकम नदिएपछि कासिमले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

हाल आक्रमणमा संलग्न कासिम फरार छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob