scheduleबुधवार आषाढ़ ११ गते, २०७६

यो ‘जंक फुड’ निषेधित सामुदायिक विद्यालय हो


पर्वत, २२ जेठ । जंक फुड अर्थात् हानीकारक तयारी खानेकुरा शहरदेखि गाउँबस्तीसम्म पुगेको छ । किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म पुर्‍याउने संयन्त्र छैन तर बहुराष्ट्रिय कम्पनिका उत्पादन दुर्गमदुर्गम स्थानसम्म पुगिरहेका भेटिन्छन् ।

यही समस्याबाट प्रभावित छन् नेपाल विद्यालयहरु । पर्वतको विहादी गाउँपालिकाले सामुदायिक विद्यालयले भने जंक फुड(तयारी खाजा) निषेध गरेको छ । विद्यालयमा चाउचाउ, कुरकुरे, विस्कुट लगायतका प्लाष्टिकमा प्याकिङ गरिएका खानेकुरा र चटपटे निषेध गरिएको हो ।

विद्यालयमा पढ्ने बालबालिकाले जंक फुड खाने चलन बढ्दै जाँदा यसले विद्यार्थीको स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकोले निषेध गरेको गाउँपालिकाले जनाएको छ । विद्यालयमा जंक फुड निषेध गरेपछि घरबाटै खाजा ल्याउनु पर्ने नियम बनाइएको छ ।

आगामी वर्ष सबै विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए ।

गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा जंक फुड रोकेको छ भने घरमा पनि यस्ता खानेकुरा बालबच्चालाई नदिन सचेतना फैलाइरहेको अध्यक्ष भुसालले बताए । उनले गाउँपालिकाले साना बालबालिकालाई जंक फुड खान नदिन अभिभावकलाई नै सचेत गराउनुपर्ने भएकाले घरमै पुगेर सम्झाउन थालिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob